तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको टीकापुरमा डल्फीन महोत्सव शुरु

टीकापुर कैलाली – कैलालीको टीकापुरमा डल्फिन महोत्सव शुरु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर-७ वैद्धी ढुंगाना टोलमा आजबाट शुरु भएको महोत्सवको नेपाल सरकारका संस्कती, पर्यटन तथा नागरिक उड्यान मन्त्रि योगेश भट्टराईले उद्घाटन गर्नु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै मन्त्रि भट्टराईले सरकारले कर्णाली नदीलाई डल्फिन क्षेत्रका रुपमा विकास गर्ने बताउनुभयो । उहाले लोपउन्मुख डल्फिनको संरक्षण र प्रचार-प्रसारमा सरकारले सहयोग गर्ने बताउदै डल्फिन पाइने कर्णाली,  मोहना र काढा नदीको दोभानमा डल्फिनको बासस्थान बनाउन लगानी गर्ने बताउनुभयो ।

स्थानीय सरकारलाई स्थानीय पर्यटन प्रवद्र्धनका योजना बनाएर आउन आग्रह गर्दै मन्त्रि भट्टराईले डल्फिनलाई मुख्य आकर्षणको केन्द्र बनाउन सहयोग गर्ने आश्ववासन दिनु भयो । उहांले थारु र पहाडीको मिश्रित समुदाय रहेको कैलालीको सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास आवश्यक रहेको र त्यसमा सरकारले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कैलाली होटल व्यवसायी संघको आयोजनामा शुरु भएको महोत्सव ३० गतेसम्म चल्ने छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै डल्फिनको प्रचार प्रसार, पर्यटन पवद्र्धनमा सहयोग पुगोस् भनी महोत्सवको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button