तपाईँ सुन्दै हुनुहुन्छः

पुल बनेपछि स्थानियलाई सहज

 कपिलवस्तु विगत लामो समयदेखि पुल नहुदाँ समस्यामा रहेको भितिरिया बासीलाई पुल बनेपछि आवत-जावतमा सहज भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ३ मा पर्ने भितिरिया गाउँबाट पुर्व पश्चिम राजमार्ग आउन समस्या हुदै आएको थियो ।

भितिरिया गाउँमा जान दुईवटा खोला पर्दछन । मैनार खोल र सुकवेल खोेला झलुङ्गेपुल बनेपछि सहज भएको स्थानियहरुको भनाई छ । बर्खाको समयमा आवत -जावतमा समस्या भोगिरहेको गाउँ बासिमा पुल बनेपछि आवतजावत गरिरहेका छन । पानी परेको बेला बजार जान र विद्यार्थीलाई पठन-पाठन गर्न समस्या भएको थियो । ८० घरधुरी रहेको भितिरिया गाउँमा पुल बनेपछि अहिले स्थानियहरु पुल बाटै आवतजावत गर्ने गरेका छन ।

नेपाल सरकारले तुइन हटाउने योजना स्वरुप देशैभर संचालन गरेको अभियान स्वरुप कपिलवस्तुका विभिन्न ठाउमा झलुङ्गेपुल निमार्ण भइरहेको छ । लिडो नामक सस्थाको प्रविधिक सहयोगमा ४९ लाख को लागतमा निमार्ण भएको निमार्ण उपभोक्त समितिका अध्यक्ष कपिलदेव खनालले वताए । ५० मिटर लम्वाईमा निमार्ण भएको उक्त पुल बर्खाको समय भएकाले निमार्णमा केही समस्या आएको खनालले जनाए । अहिले काम सम्पन्न भइसकेको छ मोटरसाईकल ,साइकल र पैदाल यात्रुहरु पुलको माध्यमबाटै आवतजावत गरिरहेका छन अध्यक्ष खनालले बताए ।

पुल नहुदा विद्यार्थीलाई विद्यालय पुग्न र विरामीहरुलाई स्वास्थ्य सस्था पुग्न समस्या भएको थियो । वर्षातको समयमा करिव एक महिनासम्म विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्था रहेको स्थानिय राम अवतार चौधरी वताए । विद्यालय जान भनि विद्यार्थी खोलासम्म आउने तर खोलामा बाढी आउदा फर्किने गरेका थिए अहिले पुल बनेपछी नियमित विद्यालय जाने गरेका छन चौधरीले भने ।

यति मात्र होईन जागिर गर्ने तथा बजार जान पनि वर्खाको समयमा समस्या रहदै आएको वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले वताए ।“ पुल निमार्ण भएको छ अव गाउवासीलाई सहज हुने अपेक्षा लिएको छु” सापकोटाले भने । भितिरिया गाउँ पुरानो गाउँ भएपनि विकासमा पछाडि रहेकोले वडा ले भितिरियालाई प्राथमिकतामा राखेको उनले जनाए । खरेन्द्रपुर देखी भितिरियासम्म जाने सडकमा पर्ने बेलनदीमा पक्की पुलको काम सुरु भएको उनले जनाए । १ करोड १३ लाखको लगानीमा उक्त पुल चैत्रसम्म निमार्ण काम सम्पन्न हुने सापकोटाले बताए ।

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरभित्रका सबै  गाउँहरुसम्म जोड पुलको व्यवास्था हुने बताए । नगरप्रमुख अधिकारीले भने अब कसैले पनि नदी तथा खोलाको कारणले गन्तव्यसम्म पुग्न नसक्ने पिडा सहन पर्दैन । नगरपालिकाले अहिले  पछाडि परेका गाउँहरुलाई  प्राथमिकताका साथ हेरिरहेको उनको भनाइ छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button