ओलम्पिक कमिटिको निर्वाचन आज
काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसीको) नयाँ नेतृत्वका आज निर्वाचन हुदैछ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा हुने निर्वाचन सहितको साधारण सभा बिहान ८ बजेपछि सुरु हुने छ ।
एनओसीको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।
साधारण सभाले एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य सहित १९ सदस्यीय कमिटि निर्वाचित गर्नेछ ।
उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् ।
यस्तै महासचिबका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन् । निलेन्द्रले जिवनराम समुह र पुरेन्द्रले उमेशलाल समुहबाट उम्मेदवारी दिएका हुन् ।
उप-महासचिबमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन् । उप-महासचिब र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो ।
३ सचिबका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।
त्यस्तै ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्