तपाईँ सुन्दै हुनुहुन्छः

सिमा क्षेत्रमा मदिरा बेच्न कडाई

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सिमा क्षेत्रमा अबैध मदिरा व्यवसाय र ओसार पसार गर्ने तथा घरेलु मदिरा उत्पादन गर्ने उपर कडाइ सुरु गरेको छ । सिमा क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि सिमा क्षेत्र मदिरा मुक्त हुनु आवश्यक रहेको र साविककै निर्णयमा सिमाको पाँच सय मिटरसम्म मदिरा पसल वा व्यवसाय संचालन गर्न नपाउने भन्दै कडाई गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।

महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका ५ बाट ५८ काटुर्न सोफी मदिरा सहित एक व्यापारीलाई नियन्त्रणमा लिएको छ । स्थानिय पिन्टु सिंहले नेपाल भारत सिमा स्तम्भ देखि करिव तिनसय देखि चारसय मिटरको क्षेत्रमै नेपाल तिर मदिरा व्यवसाय गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले सिमाक्षेत्रमा तोकिएको मापदण्ड विपरित मदिरा विक्री वितरण गर्न राखेको र होटेल वा मदिरा पसलको कुनै पनि कागजात समेत नरहेकोले व्यापारीलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरीले चालु आ.व.मा २३ भटटी नष्ट गरिसकेको छ भने २३ हजार लिटर भन्दा वढी कच्चा तथा तयारी घरेलु मदिरा नष्ट गरिसकेको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button