तपाईँ सुन्दै हुनुहुन्छः

दुई वडा अध्यक्षको गाडीमा आगजनी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १९ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराति वडा कार्यालयमा आगजनी भएको र आगजनीबाट वडा कार्यालयमा रहेका कागजात सहित भौतिक सामग्रीमा क्षति पुगेको भीमदत्त नगरपालिकाका प्रेस संयोजक रनी विवशले जानकारी दिनुभयो । घटना स्थलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै, गएराति नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जगत बहादुर सिंहको निजी कारमा अज्ञात समुहले आगजनी गरेको छ ।

डेरा अगाडी पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा गएराति साढे १ बजेको समयमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । कारमा कसले किन आगजनी गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख आचार्यले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button