तपाईँ सुन्दै हुनुहुन्छः

इञ्जिनियरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखको निर्देशन

भक्तपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेका भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण शुरु नगरे अनुदान नदिइने बताउनु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले आज आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिइसक्नुपर्ने गरी घर निर्माण शुरु गर्न आग्रह गर्नुभयो ।

उहाँले गाउँमा रहेका इञ्जिनियरलाई गाउँ नछाड्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button