तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीको सकृयतामा गाँजाखेती नष्ट

डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सकृयतामा अबैध रुपमा लगाईएको गाजा खेती नष्ट गर्ने कामलाई प्रहरीले अभियानका रुपमा अघि बढाएको छ ।

अमरगढी नगरपालिकाका बिभिन्न वडाहरुमा लगाएको गाजा खेतीलाई प्रहरीले नष्ट गर्दे आएको छ । अमरगढी नगरपालिका ७ पोखराको भालुमारे,तिलाडी,नगरपालिकाको वडा -२ आयत, घटाल, मौरडा लगायतका बिभिन्न गाँउबस्तीमा रहको गाजाखेतीलाई पुर्णतया नष्ट पार्ने अभियान थालिएको छ ।

अमरगढी वडा नं. ३ को चिरकिट्टे क्षेत्रमा पनि लगाएको गाजाखेती नष्ट पारिएको डडेल्धुराका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । अहिले सम्म झण्डै ३० रोपनी जतिमा लगाएको गाजाखेती नष्ट पारिएको जिल्ला प्रहरी कार्यालयको तंथ्याकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button