तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको किसान गाईपालनतर्फ आकर्षित

सुनसरी/ सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ ।

जिल्लामा आव २०७४÷०७५ मा तीन लाख ९२ हजार ७७३ को सङ्ख्यामा गाईपालन गरिएको थियो भने आव २०७५÷०७६ मा बढेर तीन लाख ९५ हजार ६०० पुगेको विज्ञकेन्द्रका सूचना अधिकारी केशव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा आव २०७४÷०७५ मा स्थानीय जातका दुई लाख ७४ हजार ९४१ को सङ्ख्यामा गाई रहेका थिए भने आव २०७५÷०७६ मा दुई लाख ७६ हजार ९२० को सङ्ख्यामा स्थानीय जातका गाई रहेका विज्ञ केन्द्रको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आव २०७४÷०७५ मा वर्णशङ्कर जातका ९४ हजार २६५ र आव २०७५÷०७६ मा ९४ हजार ९४४ को सङ्ख्यामा वर्णशङ्कर जातका गाईपालन भइरहेका विज्ञ केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । त्यसैगरी आव २०७४÷०७५ मा उन्नत जातका २३ हजार ५६६ र आव २०७५÷०७६ मा २३ हजार ७३६ को सङ्ख्यामा उन्नत जातका गाईपालन भइरहेका उहाँले जानकारी दिनुभयो । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button