काँग्रेसको जागरण अभियान भोलिदेखि सुरु हुने
काठमाडौं । नेपाली काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको भोलि देशभर एकसाथ प्रारम्भ गर्ने जनाएको छ ।
विपि कोइरालाको १ सय ६ औं जन्म जयन्तीको सन्र्दभमा देशभर ३४हजार ९ सय ८० बिरुवा रोपेर सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा जागरण अभियान सुरु गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीत कार्यक्रमका लागि तोकिएका ३ सय ३० प्रतिनिधिहरु भोलि बिहानसम्म जिम्मेवारी ताकिएको क्षेत्रमा पुगिसक्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समिक्षा लगायतका कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।
१५ दिने जागरण अभियान असोज ७ गते सम्म सञ्चालन हुने नेपाली काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्