तपाईँ सुन्दै हुनुहुन्छः

‘एमाले सरकारलाई बलियो बनाउन लागिपरेको छ’

धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सरकारलाई बलियो बनाउन एमाले लागिपरेको बताउनुभएको छ ।

धनगढीमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले एमाले सत्ता गठबन्धन र सरकारलाई बलियो बनाउनेतिर लागिरहेको बताउनुभयो । उपमहासचिव ज्ञवालीले अहिले काँग्रेससँग मिलेर सरकार गठन सम्भव नरहेको उल्लेख गर्नुभयो । उहाँले सत्ता गठबन्धन दलमा अविश्वासको वातावरण सृजना गर्न खोज्ने तत्वले त्यस्तो हल्ला गरेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले पार्टीले सुशासनलाई प्राथमिकता दिएको र त्यसैका लागि १३ बुँदे नीति ल्याइएको बताउनुभयो ।

एमाले प्रदेश कमिटी अध्यक्ष टिकाराम जैसीको अध्यक्षतामा भएको प्रशिक्षणमा एमाले नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button