तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चाङ्ग निर्णय समितिले निकाल्यो विजयादशमीको शुभ साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button