तपाईँ सुन्दै हुनुहुन्छः

पानीमा डुबेर ३ जनाको मृत्यु

ओपेन्द्र बस्नेत, तुलसीपुर । दाङमा पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलामा माछा मार्ने क्रममा डुबेर सल्यान कपुरकोट गाउँपालिका–५ का २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गाका २६ वर्षीय मिलन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैगरी, आजै दाङको घोराही उपमहानगरपालिका ७ राजपुरमा खेल्ने क्रममा कुलोमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button