तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन विश्वविद्यालय खोलिने

काठमाडौं । मुलुकमा पर्यटन विश्वविद्यालय खोलिने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले मुलुकमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

मन्त्री भट्टराईले शुक्रबार नेपाल ट्रेकिङ एशोसिएशन (टान) को ४१ औ साधारण सभामा त्यसको लागि विधेयक तयार भइरहेको बताउनु भयो । ‘पर्यटन विश्वविद्यालयको विधेयक ड्राफ्ट भइसकेको छ’, उहाँले भन्नुभयो ।

मन्त्री भट्टराईले पर्यटन विकासको लागि मन्त्रालयमा सम्बन्धित पक्षसँग छलफल गरिने उल्लेख गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकको विभिन्न स्थानमा डिजिटल उजुरी पेटिका राखिने जानकारी समेत गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button