तपाईँ सुन्दै हुनुहुन्छः

पुबुदु दासानायके प्रशिक्षकको रपमा फेरी नेपाल आउँदै

काठमाडौं । नेपाली क्रिकेट टिममा सफल प्रशिक्षक मानिएका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दासानायके फेरि प्रमुख प्रशिक्षक भएर नेपाल आउने भएका छन् ।

तर यो पटक उनी राष्ट्रिय टिमको प्रशिक्षक होइन एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्स टोलीलाई प्रशिक्षण दिन टिमको प्रमुख प्रशिक्षक भएर आउन लागेका हुन् ।

भैरहवा ग्लाडियटर्सले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । दासानायके नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक भएर २०१३ मा नेपाल आएका थिए ।

नेपाली क्रिकेट इतिहासमा सबैभन्दा सफल प्रशिक्षक मानिएका उनी नेपाल आउँदा नेपाल डिभिजन थ्रीमा थियो । त्यो टिमलाई सम्हालेका दासानायकेले २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कपसम्म पुर्याएका थिए । नेपालले बंगलादेशमा लोभ लाग्दो प्रदर्शन गर्दै एक खेल जित्न पनि सफल भएको थियो । उक्त खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपालमा फेरि प्रशिक्षक भएर आउने मौका मिलेकोमा निकै खुशी लागेको दासानायकेले बताएका छन् । उनले नेपाली क्रिकेट सँधै आफ्नो मुटुमा रहेकोसमेत बताएका छन् ।

दासानायकेलाई प्रमुख प्रशिक्षकका रुपमा भित्र्याएको भैरहवा ग्लाडियटर्सका ओनर आदित्य सांघाईले उनको आगमनले नेपाली क्रिकेट प्रतिभाले फेरि नयाँ उँचाई पाउने विश्वास व्यक्त गरेका छन् । उनले दिग्गज प्रशिक्षकलाई भैरहवाको हिस्सा बनाउन पाउँदा खुशी लागेको भन्दै नेपाली क्रिकेटले उनलाई बिर्सन नसक्ने बताएका छन् ।

भैरहवाका कप्तान तथा दासानायकेको प्रशिक्षणमा खेलिसकेका नेपाली राष्ट्रिय टिमका सदस्य शरद भेषवाकरले दासानायकेको काल नेपाली क्रिकेट इतिहासिको टर्निङ प्वाइन्ट भएको भन्दै उनको प्रशिक्षण फेरि खेल्न पाउनु सुनौलो मौका भएको बताएका छन् । दासानायके श्रीलंकाली मुलका क्यानेडियन नागरिक हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button