तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय तहलाई सुदृढ बनाए मात्र लोकतन्त्र बलियो हुन्छ’

झापा । महान्यायाधिवक्ता अग्नि खरेलले संविधान, सङ्घीय सरकार र प्रदेश सरकारसँग बाझिने गरी कानून नबनाउन स्थानीय तहलाई निर्देशन दिनुभएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा आज झापाको चन्द्रगढीमा आयोजित ‘स्थानीय कानून निर्माणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा महान्यायाधिवक्ता खरेलले स्थानीय तहका जनप्रतिनिधिहरु सङ्क्रमणकाल र परीक्षणमा भएको हुँदा आवश्यक कानून निर्माण गर्दा संविधानका आधारमा बनाए मात्र दरिलो हुने बताउनुभयो ।

राज्य शक्तिको बाँडफाँट सङ्घीय राज्यप्रणालीमा हुने बताउँदै महान्यायाधिवक्ता खरेलले स्थानीय तहलाई सुदृढ बनाए मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोम ओलीले ऐन बनाउने बारेमा पर्याप्त प्रशिक्षण र विज्ञको अभाव हुँदा समस्या भइरहेको बताउनुभयो ।

कार्यक्रममा १५ पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विधेयक समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button