तपाईँ सुन्दै हुनुहुन्छः

योजना आयोगले सबै प्रदेशका योजना आयोगसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय योजना आयोगले योजना तर्जुमा प्रक्रिया, मध्यावधि खर्च संरचना तथा अनुगमन र आवधिक योजनाको कार्यान्वयन लगायतका विषयमा सातै प्रदेशबीच एकरुपता ल्याउने उद्देश्यले ७ वटै प्रदेश योजना आयोगहरुसँग छलफल गर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगले काठमाडौमा आयोजना गर्न लागेको छलफलमा संघीय योजना आयोगको तर्फबाट एकीकृत र खण्डीकृत त्थ्याड.क प्रणाली, दिगो विकास लक्ष्य, अनुगमन र मूल्याङ्कन प्रणाली विषयमा मस्यौदा प्रस्तुतीकरण गरी छलफल गर्ने र त्यसस विषयमा एकरुपता ल्याउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ ।

छलफलमा योजना आयोगले १५ औं आवधिक योजनाको विस्तृतीकरण, तहगत समन्वय र सहजीकरण जस्ता विषयमा प्रतुतीकरण गरी छलफल हुने कार्यक्रम रहेको योजना आयोगका आर्थिक क्षेत्र तथा तथ्याडंक हेर्ने सदस्य रामकुमार फूयालले जानकारी दिनुभयो ।

छलफलमा प्रदेश योजना आयोगहरुको तर्फबाट योजना आयोग र तल्लो निकाय बीच केकसरी समन्वय गर्ने आवधिक योजना प्रदेशिक मध्यकालीन खर्च संरचना सम्भावित रुपान्तरणकारी योजना, अनुगमन तथा मूल्याङ्कन जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरी संरचनाको खाका तयार पार्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button