तपाईँ सुन्दै हुनुहुन्छः

राती सुतेकै बेला सर्पले डसेर किशोरीको मृत्यु

विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।

बसले ठक्करबाट एक युवाको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृ*त्यु भएको छ । उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा उपचारका क्रममा मृ*त्यु भएको हो ।

मुगुका धनबहादुर बुढाले सोमबार राति जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि सुरक्षा संयन्त्रमार्फत घाइतेलाई उपचारका लागि राति नै उक्त अस्पताल पु¥याइएको थियो । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button