तपाईँ सुन्दै हुनुहुन्छः

भुटानसँग पनि नेपालको ब्यापार घाटा बढ्दो क्रममा, १३ करोड निर्यात गर्दा डेढ अर्बको आयात

काठमाडौ ।नेपालको ब्यापार घाटा हरेक वर्ष बढ्दै गउको छ ।  भारत लगायत सामान आयात गरिने मुलुकहरूसँगको व्यापारमा बढ्दो घाटा बेहोरिरहेको नेपालको भुटानसँग पनि ठुलो घाटा देखिएको छ । भूगोल, जनसङ्ख्या तथा यातायात पूर्वाधारका हिसाबले आफूभन्दा सानो मुलुक भुटानलाई नेपालले गत आर्थिक वर्षमा करिब १३ करोड रुपैयाँ बराबरको सामान मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै पठाएको थियो। सोही आर्थिक वर्षमा भुटानबाट आठगुणा बढी अर्थात् झन्डै एक अर्ब ५५ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको थियो।

आर्थिक वर्ष २०७४÷७५ मा भुटानबाट एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ। सोही आर्थिक वर्षमा नेपालबाट भुटान झन्डै साढे चार करोड मूल्य बराबरका सामान निर्यात भएको थियो।

भुटानसँग के के कुृरा आयात निर्यात हुन्छ ?

भुटानबाट नेपाल आयात गरिने वस्तुहरूमा निर्माण सामग्री उत्पादनका लागि कच्चा पदार्थ विशेष छन्। सिमेन्ट उद्योगहरूमा चाहिने कच्चा पदार्थ, कोइला, विभिन्न प्रकारका पेय पदार्थ, विद्युतीय उपकरणहरू भुटानबाट नेपाल आयात हुने गरेको मेची भन्सार कार्यालयको भनाई छ । नेपालबाट भुटान निर्यात गरिने वस्तुहरूमा नेपालमा उत्पादित साबुन, चीज बल्स, जुत्ता, नेपाली हस्तकलाका वस्तु आदि छन्।
भुटानबाट आलु आदि कृषि उत्पादन पनि नेपाल आयात हुनेगर्छ। तर ती वस्तुको मात्रा अन्य वस्तुको तुलनामा कम छ।नेपालबाट कृषि वस्तु भुटान लैजाने गरिएको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button