तपाईँ सुन्दै हुनुहुन्छः

एटीएमबाट पैसा चोर्ने थप एक चिनियाँ पक्राउ

काठमाडौं । एटीएमबाट पैसा चार्ने थप एकजना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।

चीन भाग्ने तयारीमा रहेका सु लुसलीलाई आइतबार राती त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका  प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

शनिबार काठमाडौं दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट करोडौँ रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button