तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थलका कर्मचारीलाई सकारात्मक सोचसम्बन्धी तालीम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज प्रशिक्षणको शुभारम्भ गर्दै प्रशिक्षणको यात्रुसँगको व्यवहार र सम्बन्धमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिनुभयो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करीब २० हजार यात्रु ओहरदोहर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

पाँच दिनसम्म चल्ने प्रशिक्षणमा करीब ९०० कर्मचारीलाई विज्ञहरुले प्रशिक्षण दिने महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button