तपाईँ सुन्दै हुनुहुन्छः

गुप्तेश्वर गुफामा ध्यान केन्द्र

पर्वत– पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा ध्यान केन्द्र स्थापना गरिएको हो । गुप्तेश्वर धार्मिक एवम् पर्यटकीय विकास संस्थाले ध्यान केन्द्र स्थापना गरेको गुप्तेश्वर विकास समितिका अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो ।

विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई आफ्नो काम व्यवाहारबाट उन्मुक्ति लिनका लागि पनि यस केन्द्रमा आएर योग गर्न सकिने गिरीले बताउनुभयो । गुफामा पुजा आजा गर्न आउने भक्तजन तथा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त ध्यान केन्द्र स्थापना गरिएको हो ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाको सहयोगमा केन्द्र संचालनमा ल्याईएको अध्यक्ष गिरीले बताउनुभयो । उक्त ध्यान केन्द्रको शनिवार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको छ ।

उहाँले गुफामा आउने आन्तरिक तथा बाह्य पर्यटक वा भक्तजनका लागि यो ध्यान केन्द्र आकर्षणको माध्यम बन्ने बताउनुभयो । मन्त्री लम्सालले सरकार पर्यटनबाटनै मुलुकको समृद्धि हासिल गर्नेगरी अघि बढेको बताउँदै सन् २०१५ मा १५ लाख र सन् २०२२ सम्म गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउनेगरी तयारी थालिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button