तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एकजना पक्राउ


कपिलवस्तु –  कपिलवस्तुको शिवराज नगरपालिका भित्र किशोरहरुमा लागु पर्दाथ सेवन बढदै गएको गुनासो आइरहेको समयमा वडा प्रहरी कार्ययालयले चन्द्रौटाले एक जनालाई पक्राउ गरेको छ ।

शिवराज नगरपालिका वडा न ५ बस्ने वर्ष २१ को सिकन्दर अलि मियाँलाई शनिबार साँझ ५ः०० बजे चन्द्रौटा खानेपानी टयाङ्गकी र बगैँचा बीचबाट आउदै गरेको अवस्थामा वडा प्रहरी कार्ययालय चन्द्रौटाका प्रहरी निरिक्षक मोतीलाल योञ्जनको कमाण्डमा खटिएको टोलीले शंकास्पद अबस्थामा चेकजाँच गर्दा मियाँले दाहिने हातमा छोपी हिडेको हरियो रङको प्लाष्टिकभित्र लुकाई राखेको लागु औषध  Codeine phosphate triprolidine hydroch aloride syrup लेखिएको १००मि.लि सहितको ९ थान Nitraepam Tablet 90  पिस र  Spasom proxyvon  क्याप्सुल ५ पिस बरामद गरेको प्रहरी निरिक्षक योञ्जनले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button