तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन विमानस्थल आइतबारदेखि ७ घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुन: ७ घण्टा बन्द हुने भएको छ । धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आगामी आइतबार देखि सुरु हुने भएपछि फेरि ७ घन्टा विमानस्थल बन्द गर्न लागेको हो ।

आइतबारदेखि सुरु हुने काममा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गर्न लागेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ।

मंगलबार, बिहिबार र शनिबार राति २ बजे निगमको उडान रहेको छ । त्यसबेला आधा घण्टा काम रोकेर पुन: सुरु गर्ने लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button