तपाईँ सुन्दै हुनुहुन्छः

जिम्मेवार व्यवसाय सम्बन्धी सम्मेलनको आयोजना हुने

काठमाडौं । नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व एवं असल व्यवसायिक अभ्यासको प्रवर्द्धन गर्न तथा दीगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्नका लागि यही भदौ १९ र २० गते तेश्रो जिम्मेवार व्यवसाय सम्बन्धी सम्मेलनको आयोजना हुने भएको छ ।

राष्ट्रिय व्यवसायिक पहलले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।

नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आइरहेको छ ।

आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्य ज्योतिले दुई दिने सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरु बीच छलफल हुने बताउनुभयो ।

सम्मेलनको क्रममा नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतीहरुको विषयमा बृहत् छलफल हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button