तपाईँ सुन्दै हुनुहुन्छः

भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठक

काठमाडौं । उपचारको सिलसिलामा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसाउनुभएको छ । नेपालमा पहिलो पटक यसरी भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो।
कार्यबाहक प्रधानमन्त्रीसहित मन्त्रिहरु प्रधानमन्त्री कार्यािलयमा बैठकमा सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री ओली उपचारमा जानुअघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषदको कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत् पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button