तपाईँ सुन्दै हुनुहुन्छः

‘राम्रा काम भएकै छैनझैँ गरी समाज बहकिँदै गयो’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतै गलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।

काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा आज आयोजित वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रममा मन्त्री ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै, भएका राम्रा कामलाई बिर्सन नहुनेमा जोड दिनु भयो ।

उहाँले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button