तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष प्रचण्डको चिन्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गर्नुभयो ।

कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गर्नुभयो ।

जनता सार्वभौमसत्ता सम्पन्न हुने गरी यो अवस्थासम्म आइपुग्न वर्ग संघर्षको ठुलो भुमिका रहेको उहांले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button