तपाईँ सुन्दै हुनुहुन्छः

तीज व्यापार मेला शुरु

काठमाडौं । नेपाल महिला चेम्बरको दोस्रो तीज व्यापार मेला शुक्रबारबाट काठमाडौमा शुरु भएको छ ।

जमलस्थित नेपाल चेम्बर भवनमा आयोजित उक्त मेलाको उदघाटन पूर्व उद्योगमन्त्री तथा ३ नम्बर प्रदेशकी सांसद अष्टलक्ष्मी शाक्यले गर्नु भयो ।

कार्यक्रममा सांसद शाक्यले सरकारले महिलाहरुलाई उद्योग दर्तामा विशेष छुट दिने गरेको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गर्नू भयो ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मेलाले हस्तकला सामग्री, स्थानीय उत्पादनमा आधारित प्राङ्गारिक मलद्वारा तयार हुने जैविक खाद्य उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने बताउनु भयो ।

मेलामा काठमाडौंका महिलाद्वारा प्रबद्र्धित ५० फर्म, कम्पनी एवं संघ–संस्थाहरूका स्टल राखिएका छन् । मेलामा हस्तकलाका सामग्री, सजावटका सामान, लत्ताकपडा, खाद्य सामग्री, कस्मेटिकका सामग्री आदि बिक्रीका लागि राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button