तपाईँ सुन्दै हुनुहुन्छः

वाटर एटीएमप्रति आकर्षण बढ्दो

ललितपुर-१९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्नुहुन्छ । उहाँ घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्नुहुन्छ । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उहाँले पँधेरो (वाटर एटीएम) को प्रयोग गर्ने बताउनुभयो । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने गर्छ ।

महानगरपालिकाले रु दुईमा चिसो एक गिलास पानी पिउने सुविधा प्रदान गरेसँगै रकमको जोहो पनि भएको छ ।” पँधेरोमा दुईको सिक्का छिराएर गोपालीजस्ता गाःबहाल सडक यात्रा गर्ने कयाँै बटुकले पानी पिउने गरेका छन् । अर्का १७ वर्षीया सरोज अधिकारी गाःबहाल चोकबाट हिँड्डुल गर्नुहुन्छ ।

सस्तो मूल्यमा दुईको सिक्काले २०० एमएल पानी पिउन पाउँदा दैनिक पानीबाट एक सिसी बराबर रु १५ जोगिने गरेको उहाँले बताउनुभयो । यसैगरी पाटनढोका निवासी ५५ वर्षीया राकेश महर्जन कामकाजको सिलसिलामा गाःबहाल सडक भएर आउनेजाने गर्नुहुन्छ । घरबाहिर हिँड्दा प्यास लागेमा कि त चिया पसल, होइन भने यसो चिनेको साथीभाई कहाँ गएर पिउनुपर्ने बाध्यतालाई पँधेरोले अन्त्य गरिदिएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

“पानीको प्रयोग प्रविधिबाट गर्न पाइन्छ भन्ने कुरा मैले जीवनमा कल्पनासमेत गरेको थिइन”, उहाँले भन्नुभयो, “पानी पिउनुभन्दा पनि कसरी पँधेरोमा भण्डार हुन्छ र झर्छ भन्ने खुलदुलीका साथ समय–समयमा पँधेरोे आउनेछु”, महर्जनजस्ता कयौँ पाका उमेरका मानिसलाई पँधेरोप्रतिको जिज्ञासा बढी प्रश्न गर्ने गरेका बताइएको छ । दैनिक सो सडक हिँड्डुल गर्ने करीब दुई सयदेखि तीन सय बटुवाले पँधेरोको पानी प्रयोग गर्ने सुपिङ इन्टरनेश्नलका पँधेरो चालक अनिल ठकुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button