तपाईँ सुन्दै हुनुहुन्छः

भदौ ६ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते सार्वजनिक बिदा दिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।

गाैरा पर्व सुदुरपश्चिमम सबैभन्दा ठुलाे चाडकाे रूपमा लिइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button