तपाईँ सुन्दै हुनुहुन्छः

संविधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज :प्रधानमन्त्री

 

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताउनुभएको छ । संविधान दिवश÷राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको बताउनुभएको छ । “जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।

प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताउनुभएको छ । “ संविधान सहमतिको दस्तावेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुुरा गर्दैन तर बृह्त्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।”प्रधानमन्त्री ओलीले संविधान दिवश नेपाली जनताको उत्सवको दिवश भएकोले यसलाई राष्ट्रिय दिवशको रुपमा समेत मनाइएको बताउनुभएको छ । “संविधान दिवशलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ”प्रधानमन्त्री ओलीले भन्नुभयो “यो नेपालका सबै दिवश भन्दा ठुलो दिवश हो । यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएकोे नेपालको संविधानले हाम्रो गौरवपूर्ण परम्परा,वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button