तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र कीर्तिस्तान भिड्दै

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज (सोमबार) बलियो टोली कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।

फाईनल पुग्ने लक्ष्य लिएको घरेलु टोली नेपालले प्रतियोगिताको पहिलो खेलमै कठिन प्रतिद्वन्दीको सामना गर्न लागेको हो ।

खेल ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ । खेल अपरान्ह ४ बजेपछि सुरु हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

घरेलु मैदान र समर्थकको साथ सहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

कीर्तिस्तानलाई हराउँदै एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर समेत नेपाललाई छ ।

तीन देशमात्र रहेको समुह एमा एक जितले मात्र टोली सेमिफाईनल प्रवेश गर्न सक्ने सम्भावना छ ।

समुह एमा नेपाल, कीर्तिस्तान सहित माल्दिभ्स समेत रहेको छ ।

तर, प्रतियोगिता अघि दुई मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाली टिमले कमजोरीमा उल्लेख्य सुधार गर्नुपर्नेछ । नेपालले प्रतियोगिता अघि अफगानिस्तानसँगको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो ।

पहिलो खेलमा प्रशिक्षक हान एविङको परिक्षा रिसिभ र ब्लकमा हुनेछ । दुवैमा सुधार आएको दाबी गरेपनि अफगानिस्तानविरुद्व नेपालको सोही समस्या दोहरिएको थियो ।

अफगानिस्तानविरुद्वको खेलमा चोट बोकेका कप्तान इम बहादुर राना र धनबहादुर भट्ट टिममा फर्कने छन् ।

यस्तै उद्घाटन खेलअघि समूह ’बी’ मा रहेका तुर्किमिनिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान १० बजे सुरु हुनेछ ।

समुह बीमा भने तुर्किमिनिस्तान सहित बंगलादेश,उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button