२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई पानी नपर्दा खडेरीको चिन्ता

रेडियो नेपाल २०७६ साउन ३० गते १५:५०

वर्षायाम शुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्ने नपर्ने पिरलो बढ्छ । पानी नपर्दा खेती नहुने र बढी पर्दा घरखेत बाढीको कटान र डुबानमा पर्ने चिन्ताले यहाँका किसानलाई सधैँ गाँजेको हुन्छ ।

यसपाली नै असार तेस्रो सातासम्म पानी नपर्दा मुख्यबाली धानको बीउ ब्याडमै डढेको र चाँैथो सातासँगै अतिवृष्टि भएर बाढी र डुबानको चपेटाले अझै सामान्य हुन नसकेका यहाँका बासिन्दालाई फेरि पनि पानीकै चिन्ता छ । साउन १५ यता खेतको माटो गालेर पानी नपर्दा खेत रोप्न नसकिएको यहाँका किसान बताउँछन् ।

असारमा साताव्यापी वर्षा, बाढी र डुबानले कैयौँ घर लडायो, त्यो चपेटामा परेका सर्वसाधारण अझै पालमुनि रात काट्दै छन् । तर १५ साउनयताको चर्को घामले यसअघिको रोपो खङ्रङ सुक्दै गएको र त्यतिखेर डुबानमा परेका खेतमा अहिले बुङ्बुङ्ती धुलो उडिरहेको देखिन्छ ।
जिल्लाको भङ्गाहा नगरपालिका–५ धतीया टोल सीतापुरका किसान शिवनाथ खत्वे गलेर पानी नपर्दा खेत रोप्न नपाएको चिन्ताले अहिले पिरोलिएका छन् । दिनभरि खेत खनजोत गरेर साँझ घर पुगेपछि भने उत्तर फर्किदा चुरे पहाडमा बादल मडारिएको देख्नासाथ अब घर उठिबास हुनेभो भन्ने चिन्ताले खत्वेलाई गलाउँछ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएकाले पानी नपर्दा खेत बाँझो बस्ने र चुरे पहाडतिर बादल मडारिएको देख्नासाथ बडहरी नदीले बस्ती नै बगाएर लान्छ कि भन्ने त्रासले खत्वेसँगै धतियाटोलका १०० घरपरिवार पिरोलिएका हुन् ।

“साउनको अन्त्यमा खेतमा पुग्दा धानको रोपो लहलह हरियो देखिनुपर्ने हो”, खत्वे भन्नुहुन्छ, “आफ्नो भने पानी नपर्दा खेत बाँझै छ, यता घर हे¥यो कतिखेर बाढीले हुत्याउने हो भन्ने त्रास छ ।” धनुषा जिल्लाको सीमासँगैको सो बस्ती नजिकको बडहरी नदीमा धनुषातर्फको खोरिया सीतापुरसम्म तटबन्ध छ । महोत्तरी शुरु भएपछि मास्तिरको तटबन्धले साँघु¥याएको बाढीको बेग बढेर आफ्नो बस्तीको घरघरमा बाढी पस्ने गरेको धतियाटोलका सामाजिक, राजनीतिक कार्यकर्ता किशोरी सिंह राजपूत बताउनुहुन्छ ।

“कतिलाई पानी नपर्दा खेती गर्न नपाएको चिन्ता र पानी पर्दा बाढीले हैरान खेलाउने चिन्ता होला”, राजपूतले भन्नुभयो, “हामी अभागीलाई भने पानी नपर्दा गुजाराको पीर, पानी पर्दा घर उठिबास हुने चिन्ता छ ।” धतियाटोल बडहरी नदीको अहिलेको बहाव क्षेत्रबाट १०० मिटरको दूरीभित्रै छ । एकदशकअघि एक किलोमिटर टाढाको नदीले धार फेर्दै बस्ती नजिकै आइपुग्दासमेत नियन्त्रणका उपाय नगरिँदा आपूmहरु चुरेमा बादल देखिएपछि बाढीको त्रासले जागै रात कटाउने गरेको सो बस्तीका अर्का किसान झौली भण्डारी मालीले बताउनुहुन्छ ।

बडहरी नदी वारिपारि खेत जमीन भएका सीतापुरका किसानको नदीको शिरानमा बाँध बनाएर चाहिँदो पानी खेतमा पु¥याएर ढुक्कसँग खेती गर्ने सपना रहेको बुढापाका बताउँछन् । मनले भन्नुहुन्छ, “माथि बाँध बाँधेपछि नदीमा आउने बाढीले ल्याउने मलिलो माटो खेतमा पु¥याए उब्जनी बढ्नेछ”, बस्तीका ८० वर्षीय किसान शालिग्राम ढकालले बडहरी नदीले कटान गरेको खेत देखाउँदै भन्नुभयो, “सँगालेको मीठो सपना त अभिशाप पो भएछ ।” नदी नियन्त्रणका उपाय र सिँचाइको प्रबन्ध अवलम्बन नगरिँदा वरदान हुने नदी अभिशाप बनेको वृद्ध किसान ढकालको थप भनाइ छ ।

बडहरी नदीले पछिल्ला १० वर्ष बीचको अवधिमा आफ्नो बस्तीमा मात्रै ७० बिघाभन्दा बढी उर्बर जग्गा कटान गरेको धतियाटोलका बासिन्दा बताउँछन् । “यो बस्तीका हामी कहीँ भनसुन गर्नसक्ने ठूलाठालु हुन सकेनौँ”, सो बस्तीका किसान जोगिन्दर यादवले वीरक्तिँदै भन्नुभयो, “ठाउँठाउँमा बाँध कुलो, इनार र सिँचाइका अन्य प्रबन्ध भएका समाचार सुन्छौँ, हाम्रो भने बस्तीका घरघरमा बाढी पस्दा पनि के भयो भनेर हेर्न पनि कोही आएनन् ।”

जनताको तटबन्ध कार्यक्रमअन्तर्गत रातु, बडहरीलगायतका नदीका ठाउँठाउँमा बाँध बाँधिए पनि पहिलेको भङ्गाहा गाविस क्षेत्र (अहिले भङ्गाहा नगरपालिकाको वडा नं ३, ४ र ५) भित्र यो कामले प्रवेश पाएको छैन । यहाँका आवश्यकताबारे जनप्रतिनिधिले घनिभूत कुरा नउठाउँदा आपूmहरुको उठिबास नै हुने स्थिति बनेको विगतमा भङ्गाहा गाबिस छँदा उपाध्यक्ष रहेका मुकुन्द दाहालले बताउनुभयो ।

यता यो बस्ती रहेकै प्रदेशसभा क्षेत्र (महोत्तरी–१ ‘क’) का सदस्य शारदा थापाले भने बस्ती जोगाउन तटबन्ध र सिँचाइका लागि बाँधको व्यवस्थाका लागि आफूले कैयौँपटक प्रदेशसभा बैठकमा मन्त्रीको ध्यानाकर्षण गराएको बताउनुहुन्छ ।
यसैबीच भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले यसै आर्थिक वर्षमा शुरु हुनेगरी धतीयाटोल जोगाउन बडहरी नदीमा तटबन्ध गर्न ५० लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।
“खै यसअघि पनि प्रधान, माननीय हुने सबै ठिकठाक हुन्छ, काम गर्छौं भन्थे, माखो मारेनन्”, धतीयाटोलका दलित अगुवा ७० वर्षीय अच्छेलाल महराले भन्नुभयो, “थाले भने बुझौँला भनेको कुरा गर्दा पनि रे छन् ।” धतियाटोलका घरघरमै गत असार अन्तिमको बाढी र डुबानले त्यहाँका बासिन्दा अब बस्ती नै छोड्ने हो कि भन्ने छलफलमा गर्दैछन् ।

सम्बन्धित