तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो अभ्यास वाडाले सार्वजनिक सुनुवाई कार्यक्रम गदै

नुवाकोट ।   बेलकोटगढि नगरपालिकाको वडां १३ ले वडामा विनियोजन गरिएको वजेट तथा योजना कार्यन्वयनका विषयमा छलफल गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । वडा कार्यलय सञ्चालन समितिको वैठकले भदौ ४ गते कार्यक्रम गर्ने निर्णय गरेको हो ।देश संघियतामा गैसकेपछी संघिय संरचना अनुसार स्थानिय निर्वाचन सम्पन्न भयो । नुवाकोट जिल्लालाई दुई नगरपालिका र दश गाउपालिका गरि बाह्र स्थानिय तहमा बिभाजन गरियो। बेलकोटगढि नगरपालिका सम्भाबनाको हिसाबले १२ पालिकामध्ये महत्वपुर्ण हो। बेलकोटगढी नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट ८९ करोड १८ लाख रुपैयाँ रहेको छ । पाँचौं नगरसभा मार्फत उपप्रमुख कविता ढुङ्गानाले पुँजीगत खर्च ७२.८७५ र चालू खर्च २७.१३५ भएको बताउनु भयको छ ।नगरपालिकाको वडां १३ ले वडामा विनियोजन गरिएको वजेट तथा योजना कार्यन्वयनका विषयमा छलफल गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।जसअनुसार उँहाले सम्पूर्ण वडाबासी,बुद्धिजीवी ,समाजसेवी ,राजनितीक दलका प्रतिनिधि ,प्रत्रकार एवं सराेकारवाला सबैमा सक्रिय उपस्थित भई अन्तरक्रियाकाे लागि पत्र समेत पठाइसक्नुभएको छ ।

 

स्थानिय तहमा गरिने यस्तो खालको कार्यक्रम वडाले पहिलो पटक गर्न लागेको हो। सम्भबत स्थानिय तहको समान्वयमा गर्न लागिएको उक्त कार्यक्रम वडास्तरमा गरिएको देशभरिबाटै पहिलो कार्यक्रम हुनेछ ।

आर्थिक वर्ष ०७५ र ०७६ मा वडामा विभिन्न क्षेत्रमा विनियोजन गरि कार्यान्वयन भएका योजनाको बारेमा छलफल गर्ने गरिने छ । नगरपालिकाको प्रबक्ता समेत रहेका पशुपती लोहनिले काम लाई पारर्दशी, उत्तरदायी बनाउन र उपभोक्त समितिलाइ जबाफदेही बनाउन को लागि कार्यक्रम गर्न लागिएको बताए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button