तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजार : नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन आज बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । यस दिन नेप्से ५ दशमलव १७ अंकले गिरावट हुँदा १२२५ दशमलव ९० अंकमा आइपुगेको छ ।

यस दिन कुल १६९ कम्पनीको १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएको समूहहरुमध्ये लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ, यस दिन लघुवित्त समूह पनि शून्य दशमलव १४ अंकले मात्रै बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button