तपाईँ सुन्दै हुनुहुन्छः

‘सम्पदाको संरक्षण गर्न सके विकासमा टेवा पुग्छ’

पुष्करराज बुढाथोकी, भक्तपुर । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भटराईले धार्मिक, प्राकृतिक लगायत विभिन्न सम्पदाको संरक्षण गर्न सके भक्तपुरको विकासमा टेवा पुग्ने बताउनु भएको छ ।

भक्तपुरको डोलेश्वर महादेवको दर्शनपछि मन्त्री भट्टराईले डोलेश्वर मन्दिरको विकासमा तीनै तहको सरकारको सहयोग रहने बताउनु भयो ।

आजै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले डोलेश्वरको दर्शन गर्दै डोलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

साउनको महिनासँगै हरेक वर्ष श्रावणी मेला लगाउँदै आएको डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला सञ्चालन भइरहेको छ ।

२०६६साल भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button