तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई प्रोत्साहन गर्न ट्रेक्टर र नगद बितरण

रन्जन यादव, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न ट्रेक्टर र नगद बितरण गरेको छ । उपमहानगरपालिकाको वडा नं. ११ स्थित श्री सिपमुलक कृषि सहकारी संस्था लि. सिसहनीयालाई ८५ प्रतिशत अनुदानमा १७ लाख २५ हजारको एउटा ट्रेक्टर, टेलर, लोटा भेटर, कल्टी भेटर, खार, माटो तान्ने ब्लेट उपलब्ध गराईएको कृषि बिकास महाशाखाका प्रमुख राधिका भारतीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले उत्कृष्ट कृषक भनी वडा नं. ११ कै पाँच जना कृषकहरुलाई नगद १६ हजार प्रदान गरेको छ । नगद प्राप्त गर्नेमा गर्बि लाल यादव, बिनोद साह, लालबाबु यादव, नागेन्द्र यादव र योगेन्द्र यादव रहेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत टे«कटर सहितको कृषि सामग्री र नगद बितरण गरिएको जानकारी दिए । उनले कृषि सामग्री हस्तान्तरण गर्नुभन्दा अगाडि सहकारीसँग बिभिन्न बिषयमा सम्झौता गर्नुपर्ने बताए । सम्झौता गरेर मङगलबार हस्तान्तरण गर्ने योजना रहेको सुनाउँनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button