तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंको स्वयम्भूमा गोली चल्यो,दुईजना पक्राउ

काठमाडौं । राजधानीको विजेश्वरीमा प्रहरीले लुटेरा समूहमाथि गोली चलाएको छ ।

रामेछाप लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड नदिए छोरी मारिदिने धम्की दिँदै आएका अमृत तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । तामाङको दुवै घुँडामा गोली लागेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो । प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलेको छ ।

स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै कारबाही भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार घुँडामा २ राउण्ड गोली लागेको छ । गोली लागेका व्यक्तिको उपचारका लागि अस्पताल लगिँदै छ ।थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button