तपाईँ सुन्दै हुनुहुन्छः

‘राजधानी र नामाकरणका विषयमा सहमतिको प्रयास जारी’

काठमाडौं । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर तीनको स्थायी राजधानी तोक्ने र नामाकरणका विषयमा राजनीतिक सहमतिको प्रयास भैरहेको बताउनुभएको छ ।

काठमाडौंमा आज विभिन्न सञ्चारमाध्यमका सम्पादहरुसँग भएकोे अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी उपत्यका भित्र रहन नहुने भन्दै प्रदेश भित्रका अन्य जुन सुकै जिल्लामा रहे पनि आफुलाई मान्य हुने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर तीनमा अब छिट्टै विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी भैरहेको भन्दै २०८५ साल सम्ममा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने लक्ष्य प्रदेश नम्बर तीन सरकारको रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button