तपाईँ सुन्दै हुनुहुन्छः

आज प्रतिनिधिसभा कृषि र उद्योगमा केन्द्रित

काठमाडौं । प्रतिपक्ष सांसदहरुको कारण लगातार अवरुद्ध हुँदै आएको संघीय संसद विशेष कार्यदल गठनपछि सुचारु भएको छ । प्रतिनिधिसभा बैठक सुचारु भएपछि विभिन्न मन्त्रालयबाट पेश भएका विधेयक तथा प्रतिवेदनमाथि छलफल हुन थालेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठक कृषि तथा उद्योग सम्बन्धी बिषयमा केन्द्रित हुने भएको छ । बिहीबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले ‘बिरुवा संरक्षण (पहिलोसंशोधन) विधयेकमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ मन्त्री खनालले बिउ बिजन (दोस्रो संशोधन) र जीवनाशक विषादी व्यवस्थापन विधेयक समेत पेश गर्ने कार्यसूची छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले ‘राष्ट्रिय खेलकुद विकास विधेयक प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले  ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक छलफलको लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री यादवले ‘सेफगाडर्, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक र ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितकोऔद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलोसंशोधन) विधयेक
प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

मन्त्री यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button