तपाईँ सुन्दै हुनुहुन्छः

स्वराजको निधनमा प्रधानमन्त्री ओली स्तब्ध, नेपाली क–कसले दिए श्रद्धाञ्जलि

काठमाडौं । भारतीय पूर्व विदेशमन्त्री  नेतृ सुष्मा स्वराजको निधनप्रति नेपालका राजनीतिक नेता र शुभचिन्तकहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री ओलीले स्वराजको मृत आत्माको चीरशान्तिको कामना गर्दै भारतीय जनता र शोकाकुल स्वराजको परिवारप्रति धर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्दै समवेदनासहित श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले राम्रो नेता गुमाएको भन्दै स्वराजप्रति श्रद्धाञ्जलि दिएका छन् ।

यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले स्वराजको निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै भारतले प्रभावशाली र असल महिला नेतृ गुमाएको बताएका छन् । डा. भट्टराईले आफूले पनि असल मित्र गुमाएको भन्दै भारतीय जनता र स्वराजको परिवारप्रति संवदेना व्यक्त गर्दै मृतको आत्माको शान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले पनि स्वराजको निधनले भारतले एउटा असल नेतृ तथा नेपालले पनि राम्रो मित्र गुमाएको प्रतिक्रिया दिएका छन् । उनलृ पनि भारतीय जनता र स्वराजकोप्रति समवेदनासहित मृत आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेपालली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइरालाले सुष्मा स्वराजको निधनले आफु निकै दुःखित भएको उल्लेख गदै संवेदना ब्यतm गरेकी छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button