तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका ११ ठेकेदार कम्पनी कारवाहीमा

कञ्चनपुर । कञ्चनपुरमा तोकिएको समयमा निर्माण कार्य पूरा नगर्ने ११ निर्माण कम्पनी कारवाहीमा परेका छन् ।

डिभिजन सडक कार्यालय कञ्चनपुरले समयमै निर्माण कार्य पूरा नगर्ने ११ निर्माण कम्पनीलाई कारवाही गरेको हो ।

तोकिएको समय सकिएपछि पटक/पटक ताकेदा गर्दा पनि काम गर्न आनाकानी गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मणदत्त जोशीले बताए ।

कारवाहीमा परेका ११ निर्माण कम्पनीबाट हर्जानास्वरुप २ करोड ११ लाख ६६ हजार असुल गरिएको छ ।

पहिलो चरणमा कारवाही स्वरुप हजर्ना लिएको कार्यालयले थपिएको म्यादभित्र पनि काम सम्पन्न नगरे धरौटी जफत गरेर, ठेक्का रद्द गरी कालो सूचीमा राखिने चेतावनी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button