तपाईँ सुन्दै हुनुहुन्छः

सदनको अवरोध हट्यो ,कांग्रेस र राजपाले संसदीय समिति गठनको माग

काठमाडौं ।सदनको अवरोध हटाउन विपक्षी नेपाली कांग्रेस र राजपा सहमत भएका छन्। सभामुख कृष्ण बहादुर महराले संसद सुचारु गराउने विषयमा नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाउनु भएको सर्वदलीय बैठक सकिएको छ ।फेरि यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।

समितिको संयोजक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहनेछन् । प्रतिपक्षी दलहरूले सर्लाहीका दुई घटनामा प्रहरीले गोली चलाएको विषयमा संसदीय छानबिन माग गर्दै आएका छन् । सत्तारूढ दलहरूले भने संसदीय छानबिन अस्वीकार गर्दै आएका छन् ।।सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button