तपाईँ सुन्दै हुनुहुन्छः

निमोनियाले वडा अध्यक्षको निधन

भोजपुर । भोजपुरको पूर्वमा रहेको पौवादुङमा गाउँपालिका वडा नम्वर १ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण निधन भएको छ ।
७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको हो । उहाँ स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि धरान लगिएको थियो ।
पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको वडा सदस्य दिपक सुवेदीले बताउनुभयो । अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी परेको बताइएको छ । अध्यक्ष पाण्डेको निधनले गाउँपालिकालाई क्षति पुगेको अध्यक्ष किरण राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button