तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी दुई जना बेपत्ता, ११ घर पुरियो

चिरञ्जीवी मास्के, दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ र २ मा पर्ने जुँगुमा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने ११ घर पुरीएको छ ।

हिजो रातिको अविरल वर्षाका कारण गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ का १९ वर्षिय निसान खड्का र वडा नम्बर १ का ५६ वर्षिय जगतबहादुर खत्री पहिरोमा परी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

निसान खड्कालाई जुँगु खोलामा सवारी साधनमा फसेको यात्रुको उद्धार गर्ने क्रममा खोलाले बगाएको र जगतबहादुर खत्रीलाई पहिरोबाट बच्न भाग्ने क्रममा खोलाले बगाएको थियो ।

पहिरोले ८० भन्दा बढी घरहरु जोखिममा परेको र प्रभावितहरुलाई नजिकको निलकण्ठेश्वर मावि र अन्य सुरक्षित ठाँउमा राख्ने व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक राईले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button