तपाईँ सुन्दै हुनुहुन्छः

उत्तर कोरियाले फेरि गर्‍यो दुईओटा क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौं, साउन १७ । उत्तर कोरियाले फेरि दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले शुक्रबार बिहान देशको पूर्वी तटीय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाकारूपमा उत्तर कोरियाले परीक्षण गरेको हुनसक्ने बताइएको छ ।

दक्षिण कोरियाली सेनाका ‘जोइन्ट चिफ अफ स्टाफ’ले स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेर ५९ मिनेट र ३ बजेर २३ मिनेटमा उत्तर कोरियाले ती क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

ती क्षेप्यास्त्र ‘सी अफ जापान’मा खसेको बताइएको छ ।

यसअघि, बुधबार पनि उत्तर कोरियाले दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button