२०७८ साल साउन १६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण

रेडियो नेपाल २०७६ साउन १६ गते १३:४५

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उहाँले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गर्नुभएको हो । बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उहाँले नेपाल वायुसेवा निगमको साखलाई उचाइ पु¥याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइनेसमेत बताउनुभयो ।
बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

सम्बन्धित