२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाढीका कारण बङ्लादेशमा मृत्यु हुनेको संख्या १०० बढी

रेडियो नेपाल २०७६ साउन १० गते २०:२३

ढाका । मनसुनसँगै आएको बाढीका कारण बङ्लादेशमा मृत्यु हुनेको संख्या शुक्रबार सम्ममा १०० नाघेको छ ।

देशका विभिन्न ठाउँमा उनीहरुको मृत्यु भएको र मृतकको संख्या बढ्नेक्रम जारी रहेको अधिकारीहरुले बताएका छन् ।
पछिल्लो ४८ घण्टामा मात्रै मृत्यु हुनेको संख्या झण्डै २० पुगेको छ । योसँगै मृत्यु हुनेको कूल संख्या १०४ पुगेको हो ।

यति ठूलो जनधनको क्षति हुनेगरी आएको मनसुनलाई यस वर्षको अत्यन्त खराब मनसुन मानिएको छ ।
मृत्यु भएका मध्ये अधिकांश डुबानमा परेका हुन् भने केहीको पहिरोले पुरेर, सर्पले डसेर र विद्युतीय करेन्ट लागेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

जामाल्पुर जिल्लामा बाढीले डुङ्गा पल्टाउँदा ६ देखि १८ बर्ष उमेरका पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रशासक अहमद कबिरले एएफपीलाई जानकारी दिनुभयो ।

सम्बन्धित