तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस उद्योगमा विष्फोट हुँदा १० को मृत्यु

काठमाडौं । चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।

घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५।४५ मा विस्फोट भएको हो ।

इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button