तपाईँ सुन्दै हुनुहुन्छः

सात जिल्लाका घरेलु कार्यालय कर्मचारी बिहीन

मकवानपुर। प्रदेश नम्बर ३ अन्तरगतका ७ जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय साउनबाट कर्मचारी बिहीन हुने भएका छन् । कर्मचारी समायोजनका कारण सात जिल्लामा रहेका स्थायी कर्मचारीको साउनबाट स्थानीय तहमा समायोजनसँगै कार्यालय खोल्ने कर्मचारीसमेत नहुने अवस्था सिर्जना भएको छ ।
प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट सिन्धुपाल्चोक र धादिङका कार्यालय कर्मचारी बिहीन हुने भएका हुन् ।
सात जिल्लाका प्रमुखुसहित ४२ जना कर्मचारी स्थानीय तहमा समायोजन भएसँगै घरेलु तथा साना उद्योग विकास समितिले गर्ने उद्योग, व्यवसाय दर्ता, नवीकरण, प्रवद्र्धनात्मक सिपमुलक तालिम दिने काम प्रभावित हुने भएको छ । प्रदेश सरकार मातहत पठाइएका ७ जिल्लाका विकास समितिमा कर्मचारी नहुने भएपछि प्रदेश ३ सरकारले कर्मचारी पठाउनका लागि तयारी गरिरहेको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
सिन्धुली र रसुवा बाहेक अन्य जिल्लामा कार्यालय खोल्नका लागि पहिलो चरणमा एकएकजना कर्मचारी पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । स्थायी कर्मचारी स्थानीय तहमा समायोजन भएसँगै विकास समितिमा कार्यरत करारका कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । विकास समिति ऐन २०१३ अनुसार कर्मचारीको व्यवस्थापन भैरहे पनि कार्यरत रहेका सबै करारका कर्मचारी खाली हात घर फर्कनु पर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button